दाङ, १२ पुस । गएको विहीबार दाङको बबई गाउँपालिका ४ स्थित गाउँपालिकाका अध्यक्ष भसवनेश्वर पौडेलको घरमा गएर उनकी श्रीमतीमाथि हातपात भएकोप्रति नागरिक समाज दाङले आपत्ती जनाएको छ ।

pphहातहतियारसहित गएर हातपात गर्नु र धम्क्याउने कार्यप्रति घोरआपत्ती जनाउदै घटनाप्रति भ्रत्सना गरेको छ । समाजका संयोजक चन्द्रराज पन्त र सचिव लक्ष्मी आचार्यले विज्ञप्तिमार्फत घटनाको भ्रत्सना गरेका छन् ।

‘यही पुस १० गते विहिवार विहान बबई गाउँगालिका ४ स्थित बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलको घरमा गएर उहाँकी श्रीमतीमाथि हातपात गर्नुकासाथै हतियारसहित धम्क्याएको घटनाप्रति नागरिक समाज दाङको गम्भीर ध्यानाकर्षण भएको छ‘, विज्ञप्तिमा भउनिएको छ ।
मोटरसाइकलमा आएका चार जना हतियारसहित घरमा प्रवेश गरेर कमला पौडेलमाथि हातपात गर्नुकासाथै पेस्तोल देखाएर धम्क्याउने काम भएको थियो ।