इन्द्रेणी संवाददाता
दाङ, ११ पुस लागु औषध दुव्र्यसन न्यूनिकरण गर्न बालबालिका लागेका छन् । घोराही उपमहानगरपालिका वडा नं.१४ मा रहेका सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विद्यार्थीहरु जुटेका हुन् । विद्यालय वरपर लागु औषध र सूर्तीजन्य बस्तुको विक्री बितरण भरहेको भन्दै त्यसको नियन्त्रण गर्न विद्यार्थीहरु लागेका हुन ।

surtiघोराही उपमहानगरपालिका वडा नं. १४ मा रहेको प्रावि बालमन्दिर, मावि बालविकास,शुभप्रभात मावि, गोर्खा उच्च मावि, स्टार वोडिङ स्कुल, सनग्लो मन्टेश्वरी ,संस्कार मन्टेश्वरी, मदरसा दारुलहुदा अल सल्फीया स्कुल, अल्फा मावि,लगायतका विद्यालयका विद्यार्थीरु सहभागिता रहेका थिए । विद्यार्थीहरुले १८ बर्ष मुनिका बालबालिकालाई लागु औषध तथा सूर्तिजन्य बस्तु विक्री वितरण नगर्न आग्रह गरेका थिए । यस्तै मदिरा कार्यान्वयन

विद्यालय वरपर भएका रेष्टुरेण्ट तथा पसलहरुमा अनुमति पत्रमा तोकिएको सर्त बमोजिम नै मदिराको विक्री वितरण गर्न आग्रह गरेका थिए । घोराहीको शुभप्रभात माविबाट सुरु भएको ¥याली प्रावि बालमन्दिर, मावि बालविकास, गोर्खा उच्च मावि, स्टार वोडिङ स्कुल, सनग्लो मन्टेश्वरी ,संस्कार मन्टेश्वरी, मदरसा दारुल हुदा स्कुल, अल्फा माविमा पुगेका थिए ।

घोराही उपमहानगरपालिका अध्यक्ष शक्तिराम डाँगीले बालबालिकाहरु पछिल्लो समय लागु औषध दुव्र्यसनीमा फसेका कारण उनीहरुलाई यसबाट मुक्त गरी समृद्ध नेपाल खुशी नेपालीको अभियानमा जुट्न आग्रह गरे ।