दाङ, २९ मंसिर । जिल्ला बार एसोसिएसन दाङको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट घिमिरेले ६२ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी ऋषिराज आचार्यले ५८ मत प्राप्त गरे ।

barrयस्तै उपाध्याक्षमा मनिराज आचार्यले ६० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी ठाकुरप्रसाद वलीले ५९ मत प्राप्त गरेका थिए ।

त्यसैगरी सचिवमा संजयकुमार केसी ७० मत ल्याएर विजयी भएका छन् । प्रतिद्वन्द्वी नारायणप्रसाद डाँगीले ४९ मत ल्याएका थिए ।
कोषाध्यक्षमा ठाकुरप्रसाद गिरी ६४ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रेमबहादुर वलीले ५१ मत ल्याएका थिए ।
सदस्यहरूमा हरि बेल्वासे, नारायणप्रसाद रिजाल, भरत न्यौपाने बिजयी भएका छन् । तीनैजना सदस्यले ५६ ५६ मत प्राप्त गरेका थिए ।