काठमाडौँ–ललितपुरको नक्खुस्थित एनसेलको मुख्य कार्यालय अगाडि बम विस्फोट भएको छ । शुक्रबार साँझ अज्ञात समूहले कार्यालयको गेटमा बम विस्फोट गराएका हुन् ।

घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरुको अल्का अस्पताल, मेडिसेटी र बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

बम बिस्फोटबाट गेटमा  क्षति पुगेको साथै छेउको पसलमा पनि क्षति पुगेको प्रारम्भिक रिपोर्ट आएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले बम विस्फोट गराउनेको पहिचान हुन नसकेको भन्दै घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको जनाएको छ ।