दाङ, ६ माघ । दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ ले आयोजना गरेको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा ६ सय ३१ जनाले स्वास्थ्य चेकजाँच गराएका छन् । शहरी स्वास्थ्य केन्द्र, नेपाल परिवार नियोजन संघ र नेशनलप्याथले सहयोगमा संचालित शिविरमा उनीहरुले स्वास्थ्य जाँच गराएका हुन् ।
शुक्रवार र शनिवार सचालित शिविरमा १ सय ९८ पुरुष र ४ सय ३२ जनाले सेवा प्राप्त गरेको नयाँ बजार स्वास्थ्य केन्द्रका प्रमुख राममणि शर्माले जानकारी दिए ।
शिबिरमा १ सय ९ जना महिलाको पाठेघर क्यान्सरको चेकजाँच गरिएको शर्माले बताए । ३४ जना सुगर, थाईराट, ३८ जनाको एच.आई.भि. २ जनाको सि.वि.सी १६ जनाको पिसाव र तीन जनाको गर्भजाँच पनि गरिएको हो ।











