काठमाडौँ, १३ भदौ । एशियाली खेलकूद (एशियाड) मा पहिलो पटक सहभागिता जनाएको प्याराग्लाइडिङ खेलले नेपाललाई रजत पदक दिलाएको छ । एशियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत जितेको हो ।
इण्डोनेसियामा जारी १८आँ संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत हात पारेको हो ।
जाकार्तास्थित गुनुङ मास पुनकाकमा भएको खेलमा नेपालले रजतपदक पक्का गरेको हो । प्रतियोगितामा स्वर्णपदक भने जापानले हात पा¥यो । अब नेपालको रजत पदक संख्या दुई पुगेको छ ।
यसअघि सन् १९९८ मा थाइल्याण्डको बैककमा भएको एशियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई रजत पदक दिलाएकी थिइन् ।











