काठमाडौं, १३ भदौ । बाँकेको कोहलपुर नगरपालिका–१ की ६ वर्षीया बालिकालाई १९ वर्षीय युवकले बलात्कार गरेका प्रहरीले जनाएको हो ।

balika balatkarभारत उत्तर प्रदेश घर भई कोहलपुर–४ मा डेरा लिई बस्दै आएका १९ वर्षीय हरून खानले मंगलबार दिउँसो बालिकालाई बलात्कार गरेका इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

बालिकाकी आमा कोहलपुरमा किराना पसल गर्दछिन् । पसलमा रहेकी बालिकालाई घरमा पुयाइदिन्छु भन्दै खानले साइकलमा राखेर डेरामा लगेर बलात्कार गरेका प्रहरीले जनाएको छ ।