काठमाडौं, २२ साउन । नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य एवं संसदीय दलको सचेतक शान्ता चौधरी मंगलबार चीन प्रस्थान गरेकी छन् ।

santaचिनिया सरकारले आयोजना गरेको गोष्ठीमा भाग लिन चौधरी चीन प्रस्थान गरेको सचेतकको स्वकीय सचिव सन्तोष दहितले जानकारी दिएको छन ।

सचिव दहितका अनुसार सचेतक चौधरीको चीनमा करिव १० दिन बसाइ रहने छ । चौधरीसँगै कृष्णप्रसाद श्रेष्ठ, भूमिप्रसाद त्रिपाठी र प्रमोदकुमार यादव पनि चीन प्रस्थान गरेका छन् ।