काठमाडौं, १३ असार । आजबाट देशभर मनुसन सक्रिय हुने भएको छ । गत ८ जुनमा नेपालको पूर्व भागबाट फैलिएको मनसुनी वायु दुई साता बितिसक्दा पूर्वी र मध्य क्षेत्रमा मात्रै सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

rainnnमौसम पूर्वानुमान महाशाखाले अघिल्लो वर्षभन्दा चार दिनअघि नै नेपालमा मनसुन प्रवेश गरेको थियो । तर पनि मुलुकभर फैलने समय भने लम्बिएको महाशाखाले जनाएको छ ।

एक सातामा नै मुलुकभर फैलने गरेकोमा पश्चिमी वायुको प्रभावका कारण नेपालमा मनसुन सक्रिय हुन समय लागेको महाशाखाका मौसमविद् वरुण पौडेलले बताए ।