बाँके, १० असार। श्रीमेयर गण शम्सेरगञ्जमा कार्यरत नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाहीलाई प्रहरीको विशेष टोलीले बाँकेको ढकेरीबाट ब्राउन सुगरसहित पक्राउ गरेको छ।
उनीसँगै ब्राउन सुगर कारोबारी रिम पौडेल पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ५४ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । शाहीले सेनाको मेजर हुँ भने पनि परिचय खुल्ने कागज भने नदेखाएको प्रहरीले जनाएको छ ।











