इन्द्रेणी संवाददाता
दाङ, ९ असार । जिल्ला ट्राफिक कार्यालय नजिकै रहेको सार्वजनिक शौचालयसँग रहेको राप्ती किराना तथा तरकारी पसलमा चोरी भएको छ । शुक्रवार राति पसलको सटरमा लगाएको ताला तोडरेर चोरले पसलमा राखेको नगद ६५ हजार रुपैयाँ चारी गरेको पसलका मालिक रमेश विकले बताए ।

chorr_thief1घोराहीको एक लघु वित्त संस्थाबाट ऋण निकालेर राखेको रकम चारी भएको विकले बताए । चोरले पसलमा रहेको अन्य समान भने केही गरेको छैन । विकले चोरको खोजी गरी कारवाही गर्न र चोरी भएको रकम फिर्ता दिलाइदिन जिल्ला प्रहरी कार्यालय दाङमा निवेदन समेत दिएका छन् ।