चितवन, ३ असार । नारायणगढ–मुग्लिन सडकखण्डअन्तरर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित २ नं पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

Motorcycle_Accident-e1448084749823बिहान करीब ७ बजेको समयमा भएको सो दुर्घटना परी मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको हो । उनीहरुको सनाखत भएको छैन । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ६५ प ३७०४ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई पुलको रेलिङमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।