गायक सुवास लामा पाख्रिनको स्वरले सजिएको मार्मिक भाका लोकदोहोरी म्युजिक भिडियो अमर रहोस माया मा सार्वजनिक भएको छ । आइतबार सैलुङअनलाइनको युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा गायक पाख्रिनलाई गायिका निशा लामाले साथ दिएकी छन् ।
गीतसंगीत क्षेत्रमा पछिल्लो समय ब्यस्त र स्टेज कार्यक्रमहरुमा छाएका कलाकार हुन् सुवास । गायक पाख्रिनको गीतमा मायाप्रीतिका शब्दहरू उनीएका छन् । एरिन तामाङ र बिनु तामाङले गरेको फिचरिङमा एकआपसमा मायाको सम्बन्धलाई उठाएको छ ।
हिमालयन इन्टरटेन्टमेन्ट प्रा।लिको प्रस्तुतिरहेको म्युजिक भिडियोमा शब्द संगीत गायक पाख्रिनकै छ भने जनकराज अधिकारीले छायाँङ्कन गरेको छ । बुद्ध स्याङ्बाको एरेञ्ज र जोहन राईले निर्देशनरसम्पादन गरेका छन् ।











