काठमाडौं– ‘यदि मैले त्यहाँ अवरोध देखेँ, यी एजेन्डा कमजोर पार्ने, नेतृत्व कमजोर पार्ने डिजाइन देखेँ भने त्यो भत्काउन पनि कुनै आइतबार कुर्नपर्छ जस्तो लाग्दैन मलाई । त्यो भत्काएर पनि अगाडि बढिहाल्छु । तर, अहिले भत्काउन पर्ने स्थिति चाहिँ बन्या छैन ।’
एकता प्रक्रिया गृहकार्य भइरहेका वेला माओवादी अध्यक्ष प्रचण्डबाट आएको यो अभिव्यक्ति अर्थपूर्ण थियो । प्रचण्डको यो अभिव्यक्तिमा धेरै कुरा प्रष्ट त छैनन् । अहिले नै उनले भनेजस्तै भत्काउनुपर्ने अवस्था आइसकेको छैन । तर, एकता जर्वजस्ती हुने होइन भन्ने मंगलबारको बैठकपछि पनि पुष्टि भएको छ ।
मंगलवारको एकता संयोजन समितिको बैठकले करिव एक महिनाका लागि एकता प्रक्रिया पछाडि धकेलेको छ । यो बैठकले औपचारिक रुपमै बैशाख ९ मा एकता नहुँने निश्कर्ष निकाल्यो । एमाले–माओवादीको पार्टी एकता घोषणाको मिति पछाठि सर्यो । अव अर्को मिति कहिलेका लागि तय हुने हो, निश्चित छैन् ।











