इन्द्रेणी संवाददाता
दाङ , ७ चैत्र । प्रतिनिधी सभाका सभामुख कृष्णबहादुर महरालाई नागरिक समाज दाङले स्वागत तथा सम्मान गरेको छ । प्रतिनिधि सभामा दाङबाट निर्वाचित भएका सभामुख महरालाई आफ्नो निर्वाचन क्षेत्रमा आएकाबेला नगारिक समाजले सम्मान गरेको हो ।
आफ्नो प्रतिनिधि राष्ट्रको बिधि तथा नीति निर्माण गर्ने स्थानमा पुगेकोमा खुसि ब्यक्त गर्दै नागरिक समाज दाङले नीति निर्माण गर्दा दाङ लगाएत समग्र राष्ट्रको भलाइ हुने नीति निर्माण गर्न सुझाएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै नागरिक समाजका अभियनता हरुले सभामुख महरालाई दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउँदा गरेको महत्वपूर्ण पहलकदमीका लागि उच्च प्रसंसा गर्दै यसको कार्यन्वयन गर्न भएको असमन्वयन तथा असमझदारीको मध्यस्तता गरिदिन आग्रह गरेका थिए ।
सम्मान कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिदै सभामुख महराले आफु अब कुनै एउटा पार्टीको नेता नभएर समग्र नेपालीको साझा व्यक्ति भएकाले सोहि अनुसार व्याबहार गर्ने बताउदै आफुले गर्नसक्ने ठाउँबाट गर्ने पर्ने पहल गर्न नचुक्ने बताएकाथिए । नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्थको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव लक्ष्मी आचार्यले गरेकी थिइन ।











