इन्द्रेणी संवाददाता
दाङ, २८ माघ । नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर ५ को संसदीय दलको नेताका रुपमा कुलप्रसाद केसी सोनाम लाई चयन गरेको छ ।
आज बिहान बसेको बैठकले प्रदेश सदस्य केसीलाई संसदीय दलको नेता चयन गरेको माओवादी केन्द्रका सचिव वर्षमान पुनले बताए ।
प्रदेशमा माओवादीले पाउने मन्त्रालयअनुसार मन्त्रिमण्डलमा पठाउने नेता तथा माओवादी केन्द्रले पाउने प्रदेशसभाको सभामुखका लागि नाम पनि आजै चयन गरिने बताइएको छ ।











