इन्द्रेणी संवाददाता
दाङ, २४ माघ । दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई पृतिशोक परेको छ । आज बुधवार भएको मोटरसाइकल दुर्घटनामा परी उनका बुबा ७५ वर्षिया टेकबहादुर पाण्डेको निधन भएपनि मेयर पाण्डेलाई पृतिशोक परेको हो ।
तुलसस्पुरको रजौरामा रा ३ प ८७२४ नम्बरको मोटरसाइकलले पिता पाण्डेलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती अञ्चल अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा मृत्यु भएको बताइएको छ ।











