काठमाडौं, १५ माघ । यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली निर्वाचन आयागेले आज प्रकाशन गर्दैछ । अन्तिम नामावलीसँगै आयोगले उम्मेदवारहरुलाई आजै चुनाव चिह्न समेत प्रदान गर्ने भएको हो ।

rashtriyaनिर्वाचन आयोगका अनुसार दिउँसो ३ देखि ४ बजेसम्म अन्तिम नामवली प्रकाशन गर्ने र ४ देखि ५ बजेसम्म चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ । माघ १० गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारले आज दिउँसो २ बजेभित्रमा उम्मेदवारी फिर्ता लिन सक्ने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।