बारा, १४ माघ । वाराको बारागढी गाउँपालिका–१ बसतपुरटोल बस्ने ३२ बर्षीय धर्मेन्द्र प्रसाद यादवलाई प्रहरीले १ थान कटुवा पेस्तोल, २ राउण्ड गोली र विभिन्न कम्पनीका १४ थान मोबाईल सहित पक्राउ गरेको छ।

tamncha_pestol-picयादवले पेस्तोल र चोरीका बिभिन्न मोवाइलहरु विक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनलाई पछ्याएको थियो। प्रहरी टोलीले उनको घर खानतलासी गर्दा पेस्तोल र त्यसमा प्रयोग हुने दुई थान गोली बरामद गरेको हो।