इन्द्रेणी संवाददाता
दाङ, ९ माघ । दाङ जिल्ला उद्योग वाणिज्य संघले फागुनमा ‘दाङ व्यापारिक कृषि एवं पर्यटन महोत्सव तथा प्रदेश स्तरीय औद्योगिक कृषि प्रदर्शनी’ मेला लगाउने भएको छ ।

26907290_1599299263494726_9053282316661932891_nजिल्लाको सदरमुकाम घोराहीमा फागुन ३ गतेदेखि १३ गतेसम्म महोत्सव सञ्चालन गर्ने संघले आज मंगलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

‘उद्योग व्यापार एवं पर्यटनको विकास, परनिर्भर अर्थतन्त्रको विकास’ भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले बताए । महोत्सवमा दाङसहित प्रदेश नम्बर पाँचका सबै क्षेत्रका कृषि, व्यापार, पर्यटनलगायतका स्टलहरु रहने छन् ।

महोत्सव अवधिभर करीव ५ लाख दर्शकले महोत्सव अवलोकन गर्ने र २० करोड बराबरको आर्थिक कारोवार हुने अपेक्षा परिएको संयोजक भुसालले बताए । महोत्सव घोराहीस्थित कृषि सामग्री कम्पनीको मैदानमा सञ्चालन हुने छ ।