चरिकोट, ९ माघ । चरिकोटबाट कालीञ्चोक मन्दिर दर्शनका लागि जाने यात्रु चढेको बोलेरो दुर्घटना हुँदा एक महिने शिशु (छोरा) को आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।

accdentसोमबार साँझ बा १२ च ८७७१ नम्बरको बोलेरो बे्रक फेल भई दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका थिए भने दुईको अवस्था सामान्य रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार भीमेश्वर नगरपालिका–१ ओडारे भन्ने स्थानमा ब्रेकफेल हुँदा बोलेरो करिब २५ मिटर तल झरेको छ । गम्भीर घाइतेको साधारण चेकजाँच पछि धुलिखेल अस्पताल काभ्रे रिफर गरिएको थियो ।