दाङ, ८ माघ । डिभाइन टेम्पल एकाडेमि तुलसीपुर ६ गोलौरामा आज स्पोर्टस मिट २०७४ को उदघाटन गरिएको छ । स्पोर्टस मिट कार्यक्रमको उदघाटन खेलकुद बिकास समिति दाङका अध्यक्ष डिल्ली डाँगीले गरेका हुन् । सो अवसरमा बोल्दै प्रमुख अतिथि डाँगीले बिद्यार्थीहरुको चौतर्फी बिकासका लागि खेलकुद प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

devine1उनले खेलकुदको माध्यमबाट बालकालिकाहरुको साहस , अनुसाशन र आत्म बिश्वास वढाउन मद्त पुग्ने बताए । त्यस्तै एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष बिमल गौतमले निजी बिद्यालयहरुले पठन पाठनका अतिरिक्त खेलकुद क्षेत्रमा समेत उलेख्य योगदान गरेको बताए ।

कार्यक्रममा बोल्दै रिपोटर्स क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मीले खेलकुदले सवैलाई तन्दुरुस्त बनाउने हुदाँ बिद्यालयले पढाउने मात्रै भन्दा पनि बालबालिकाहरुलाई खेलकुदमा सहभागी बनाउनुपर्ने जोड दिए ।

बिद्यालयका प्रिन्सिपल भोजराज न्यौपानेको अध्यक्षता दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष डिल्ली डागिको प्रमुख आतित्थ्यता एवम एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष बिमल गौतम र रिपोटर्स क्लब नेपाल दाङका अध्यक्ष शरद रेग्मीको विशिष्ट आतित्थ्यतामा भएको स्पोर्टस मिट २०७४ उदघााटन कार्यक्रममा खेलकुद पत्रकार मञ्च दाङका अध्यक्ष लक्ष्मण वस्नेत ,तुलसीपुर नगर जेसीजका अध्यक्ष दिपेश भण्डारी लगायतकाले बोलेका थिए ।