इन्द्रेणी संवाददाता
दाङ, ७ माघ । दाङको नारायणपुरमा माघ १२ गतेदेखि २३ गतेसम्म व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४ सञ्चालन हुने भएको छ । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुन लागिएको हो ।
महोत्सवको तयारी तीब्ररुपमा भइरहेको आयोजक नारायणपुर उद्योग वणिज्य संघका अध्यक्ष महेन्द्रकुमार दाहालले जानकारी दिए । ‘महोत्सवको तयारी तीब्ररुपमा भइरहेको छ’ उनले भने, ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रका लागि अमूल्य योगदान’ भन्ने नाराका साथ हामीले यो महोत्सव सञ्चालन गर्न लागेका छौं ।’
महोत्सवमा विभिन्न खालका दुई सयभन्दा वढी स्टलहरु रहने आयोजकले बताएको छ । महोत्सव अवधिभर करीव १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र ३ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको संघका महासचिव दिपक सुवेदीे बताए । धार्मिकस्थल, पर्यटकीय स्थलको पहिचान तथा कृषि क्षेत्रको प्रवद्र्धन गर्ने, स्थानीय स्तरबाट उत्पादित कृषिजन्य वस्तुको विक्री वितरण एवं पबद्र्धन गर्ने महोत्सवको लक्ष्य पनि रहेको पनि सुवेदीले बताए ।
थानीय उत्पादनको बजारिकरण गरी कृषि, पशुपालन र पर्यटन व्यवसायलाई व्यवसायीकरण गर्दै यस क्षेत्रको आर्थिक विकासमा टेवा पु¥याउने, स्थानीय भाषा, धर्म, साहित्य, कला, परम्परागत सीप एवं संस्कृतिको संरक्षण एवं पवद्र्धन गर्ने, यस क्षेत्रमा स्थापित प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटकीय स्थलहरुको प्रचारप्रसार गने महोत्सवको उद्धेश्य रहेको छ ।
महोत्सवमा प्रवेशका लागि ५० रुपैयाको टिकटको व्यवस्ता गरिएको छ । टिकटमा विद्यार्थीहरुका लागि विशेष छुटका साथ ३५ रुपैया र २५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक एवं क र ख वर्गको परिचयपत्र भएका अपांगहरुका लागि निशुल्क प्रवेशका लागि फोटोसहित पास उपलब्ध गराउने संघका महासचिव दिपक सुवेदीले जानकारी दिए ।











