घोराही, ७ माघ । घोराही उपमहानगरपालिकाका ११ वटा वडा कार्यालयहरु निर्माण तथा मर्मत हुने भएका छन् । प्रथम नगरसभाबाट पारित पूँजीगत निर्माण तर्फ भवन खरिद तथा निर्माण कार्यका लागि ५ करोड बजेट बिनियोजन भएको छ ।
आफ्नै भवनहरु नहुदा सेवा प्रबाहमा समस्या देखिएपछि उपमहानगरले सबै वडाहरुमा आफ्नै भवन निर्माणको प्रकृया थालेको हो । जस अन्तरगत वडा नम्बर १ मा कम्पाउण्ड पर्खाल सहितको भवन निर्माणका लागि ६३ लाख रुपैयाँको लागत अनुमान गरिएको छ ।
त्यसैगरी, वडा नम्बर ६ को कम्पाउण्ड पर्खाल निर्माणमा अपुग १३ लाख, वडा नम्बर ७ मा कम्पाउण्ड पर्खाल सहितको भवन निर्माणका लागि ७३ लाख, वडा नम्बर ८ को अधुरो भवन निर्माण सहित कम्पाण्ड पर्खालका लागि ४८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
यसैगरी, वडा नम्बर ९ मा हाल रहेको वडा कार्यालयको कम्पाउण्ड पर्खाल निर्माणका लागि २५ लाख ६९ हजार, वडा नम्बर १० मा वडा कार्यालय निर्माणका लागि ५४ लाख, वडा नम्बर ११ मा अधुरो कार्यालय निर्माणका लागि २० लाख ३१ हजार, वडा नम्बर १४ मा भवन तथा पर्खाल मर्मतका लागि ११ लाख रुपैयाँको लागत अनुमान गरिएकोछ छ ।
त्यस्तै वडा नम्बर १६ मा कम्पाउण्ड पर्खाल सहितको भवन निर्माणका लागि ६७ लाख, वडा नम्बर १७ को वडा कार्यालय निर्माणका लागि ५३ लाख र वडा नम्बर १९ को वडा कार्यालय निर्माणका लागि ७२ लाख रुपैयाँको लगात अनुमान गरिएको उपमहानगरले जनाएको छ ।











