इन्द्रेणी संवाददाता
जनकपुर, ७ माघ । प्रदेश नम्बर २ का प्रदेश सभा सदस्यहरुले फरक फरक भाषामा शपथ लिएका छन् ।
प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभाका जेष्ठ सदस्य लगनलाल चौधरीलाई नेपाली भाषामा शपग गराए । अरु २३ जनाले पनि नेपालीमा तथा अरुले आआफ्नो मातृ भाषामा शपथ ग्रहण गरेका हुन् ।
यसमा ४७ जनाले मैथली, ११ जनाले हिन्दी तथा २५ जनाले भोजपुरी भाषामा शपथ लिएका हुन् । प्रदेश सांसदले नेपाली भाषामा शपथ लिन अस्वीकार गरे पछि प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आआफ्नो मातृ भाषामा शपथ लिन स्वीकृत लिए ।
जेष्ठ सदस्य चौधरीले नेपालीमा बोले पनि सांसदले आआफ्नो मातृ भाषामा उल्था गरेका छन् । प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धी ऐनले प्रदेश सांसदहरुले आफ्नो मातृ भाषामा शपथ लिन पाउने व्यवस्था गरेको छ । सो प्रदशेमा १०७ सदस्य रहेका छन् ।











