इन्द्रेणी संवाददाता
वुटवल, ७ माघ । प्रदेश नम्बर ५ का प्रदेशसभाका सदस्यहरुले आज शपथ लिएका छन् । बुटवलको उद्योग बाणिज्य संघको सभाहलमा शपथ ग्रहण समारोह आयोजना गरी सांसदहरुले शपथ लिएका हुन् ।
प्रदेश प्रमुख उमाकान्त झाले पदबहाली गरेर सांसदको शपथ गराए ।५ नं प्रदेशमा प्रत्यक्ष निर्वाचित ५२ जना र समानुपातिकतर्फ ३५ गरी जम्मा ८७ जना सांसद छन् ।












