इन्द्रेनी संवाददाता
पाल्पा १८ पुस । गाेली लागेर पाल्पामा एक जनाकाे मृत्यु भएकाे छ । तिनाउ ६ मस्यामकाे छत्तिवन जंगलमा स्थानीय बलबहादुर लम्तरीले बाँदरलार्इ हानेकाे गाेली लागेर छिमेकी धनबहादुर थापाकाे मृत्यु भएकाे पाल्पा प्रहरीले जनाएकाे छ ।
‘भरुवा बन्दुककाे गाेली झुकिकएर लागेको भन्ने छ’, प्रहरी निरीक्षक चन्द्र बहादुर थापा मगरले भने । गोली लागेपछि घटना स्थलमै उनको ज्यान गएको र गोली हान्ने बलबहादुरलाई बन्दुकसहित प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको छ । पीडित पक्ष आक्रोशित भएका छन् ।










