दाङ, २ पुस । दाङको कोठरीमा माघि विशेष सास्कृतिक कार्यक्रम हुने भएको छ । सामाजिक तथा सास्कृतिक विकासको आधार, स्थानीय प्रतिभा, कला, सस्कृति र परम्पराको उजागर उद्देश्यले पुस ६ गतेदेखि ११ गतेसम्म माघी विशेष सास्कृतिक कार्यक्रम २०७४ हुने भएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ स्थित कोठरीमा माघी पर्वलाई लक्षित गरी सास्कृतिक कार्यक्रम सञ्चालन गर्न थालेको कार्यक्रम संयोजक सुनिल विसीले जानकारी दिए ।
बाण्डरुट ईन्टरटेन्मेन्ट दाङको आयोजनामा ६ दिन सम्म सञ्चालन हुने सास्कृतिक कार्यक्रममा स्थानिय र पराम्परागत सास्कृतिक नृत्य, लोक गीत, लोकनृत्य, विभिन्न प्रतियोगिताहरु सञ्चालन गरीने विसीले बताए ।










