काठमाडौ, २ पुस । भर्खरै सम्पन्न प्रदेश र प्रतिनिधि सभाको चुनावमा गोरखा १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो पार्टीलाई एमाले–माओवादी केन्द्रका नेताले ‘रियाक्ट’ गरेका कारण वाम गठबन्धनबाट बाहिरिएको बताए ।
ओली–प्रचण्डले नयाँ ढंगले जानुपर्छ भन्ने अनुरोध गरेकाले आफु वाम गठबन्धनमा सहभागी भएको स्पष्ट पार्दै डा. भट्टराईले नयाँ शक्तिलाई सामेल गराएको भन्दै एमाले–माओवादीका नेताले गठबन्धनमा आपत्ति जनाएको उनको भनाइ छ ।
ओली–प्रचण्डहरुले पार्टीभित्र ‘नयाँशक्तिसँग अहिले चुनावी तालमेलमात्र गर्ने, चुनावपछि आफ्नै ढंगले पार्टी एकता गर्ने’ भन्ने कुरा रहेछ।’ उनले भने, ‘पार्टी एकतामा नयाँशक्तिलाई सामेल गर्ने भन्ने कुराको एमाले–माओवादी केन्द्रभित्र तुरुन्त ‘रियाक्ट’ भइहालेछ। हामीलाई अकस्मात संलग्न गराएकोमा त्यहाँभित्र प्रतिरोध नै भएपछि त्यहाँ बस्नु ठिक लागेन’ ।











