काठमाडाै, २१ असोज । आसन्न निर्वाचनका लागि चुनावी तालमेल गरेका वाम गठबन्धनले आज बेलुकी सम्म सबै स्थानमा क्षेत्र बाँडफाँड गर्ने भएका छन् । गठबन्धनको सिट र क्षेत्र बाँडफाँड समितिको शुक्रबार बसेको बैठकले मापदण्डका आधारमा टुंगो लगाउने गरी छलफल गरेको छ ।

समितिका सदस्य सुरेन्द्र पाण्डेले भने, ‘एकता संयोजन समितिले अरू दलले लिने सिट र क्षेत्र टुंग्याएपछि एमाले र माओवादी केन्द्रले लिने ६०/ ४० सिटको पनि टुंगो लाग्नेछ ।’ एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबारसम्म क्षेत्र बाँडफाँड टुंग्याउन निर्देशन दिएका छन् ।











