असोज २१, दाङ । राप्ती क्षेत्रको सर्वाधिक लोकप्रिय एवं प्रतिष्ठित खुल्ला नृत्य प्रतियोगिता उत्सर्ग डान्सिङ स्टार ४ को शनिबार घोराहीमा भएको तेस्रो राउण्डको प्रतिष्पर्धाबाट १० जना छानिएका छन्। छानिनेहरुमा रिया राना, एलिशा पुन मगर, जेनिसा विस्ट, मनिषा थापा, चाँदनी जीएम, यमुना कुवँर, संहिता अधिकारी, प्रेक्षा रेग्मी, सुष्मा बिक र सन्ध्या पाण्डे रहेका छन् । यी दश प्रतिष्पर्धीहरुले फाइनल राउण्डमा उपाधीका लागि प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितामा सिजल अधिकारी, योजना आचार्य र आदर्श योगीलाई विशिस्ट प्रतिभामा चयन गरिएको छ । तेस्रो राउण्डको निर्णायकमा नृत्य प्रशिक्षक सुष्मा केसी कुवँर हुनुहुन्थ्यो ।

received_1626221980761519उत्सर्ग डान्सिङ स्टार २ कि विजेता एवं उत्सर्ग फिल्मस् नेपालकी एम्बेस्डर समीक्षा पौडेलको अध्यक्षतामा भएको तेस्रो राउण्डका प्रमुख अतिथि चर्चित संगीतकार संतोष श्रेष्ठले नृत्य प्रतिभाहरुको विकासमा उत्सर्ग फिल्मस् नेपालले गहकिलो कार्य गरेको चर्चा गर्दै यस्ता अभियानहरुमा आफू सधैं सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा विशिस्ट अतिथि राप्ती पोष्ट दैनिकका सम्पादक शरद अधिकारी र कार्यक्रम संयोजक केएल पीडितले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो भने हिरो अफ भ्वाइस ४ कि उप विजेता उर्मिला कुसुण्डाले गीत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण मोडल हिमा थापाले गर्नु भएको थियो ।