काठमाडौं, २४ चैत । प्रधानमन्त्री पछिको दोस्रो वरियताको उपप्रधानमन्त्री संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूपछिको दोस्रो वरियताको उपप्रधानमन्त्री थापालाई बनाएका हुन् ।

kamal thapaगृहमन्त्री बिमलेन्द्र निधिले आफूलाई प्रधानमन्त्रीपछि दोस्रो वरियताको उपप्रधानमन्त्री बनाउन दबाब दिँदै आएका वेला थिए। प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रका नेताहरुको बालुवाटारमा बसेको बैठकमा पनि आफूले थापालाई दोस्रो वरियताको उपप्रधानमन्त्री बनाएको घोषणा गरेका थिए।

निधि र थापाबीच कसलाई दोस्रो वरियतामा उपप्रधानमन्त्री बनाउने भन्ने विवाद सुल्झाउन नसक्दा मन्त्रिपरिषदको बैठक नै ठप्प हुँदै आएको थियो ।

निर्णय नसचिए निधिले राजीनामा दिने
यसैबीच आफू दोस्रो वरियताको उपप्रधानमन्त्री दावी गर्दै आएका उपप्रधान एवं गृह मन्त्री विमलेन्द्र निधिले आफु मन्त्रिपरिषदको वरियतामा दोस्रो नम्बरमा नभए राजीनामा दिने बताएका छन् ।
बिहीबार दिउँसो कांग्रेसका तर्फबाट सरकारमा सहभागी १४ जना मन्त्रीलाई गृह मन्त्रालयमा बोलाएर निधिले संसदको सबैभन्दा ठूलो दलको हैसियसले आफुले प्रधानमन्त्रीपछिको दोस्रो वरियता पाउनुपर्ने दाबी गर्दै आएका छन् ।