इन्द्रेणी संवाददाता
दाङ, १८ चैत । भोलिदेखि दाङको घोराहीमा राप्ती अञ्चलन स्तरिय रुस्लान जेसीज कप क्रिकेट प्रतियोगिता–२०१७ सुरु हुने भएको छ । स्थानीय स्तरमा क्रिकेटको विकास तथा क्रिकेट खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक संस्था त्रिभुवननगर जेसीज दाङले जनाएको छ ।

inddआज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो । त्रिभुवन नगर जेसिज दाङको आयोजनामा तथा दाङ क्रिकेट संघको संयोजनमा हुने प्रतियोगितामा राप्तीका १२ वटा क्लवहरुको सहभागिता हुने जेसीज दाङका अध्यक्ष दिपक शर्माले जानकारी दिए । जावलाखेल ग्रुप अफ इण्डको मुख्य प्रायोजनामा हुने प्रतियोगितामा बिजेता समुहले नगद ५० हजार रुपैयासहित शिल्डर प्रमाणपत्र प्राप्त गर्ने छन् ।

उपबिजेताले नगद २५ हजार सहित शिल्ड, प्रमाणपत्र प्राप्त गर्ने छन् भने प्रतियोगितामा म्यान अफ द सिरिज हुने पाँच हजारसहित शिल्ड, प्रमाणपत्र, बेष्ट बलर, बेष्ट व्यासम्यान र इमरजिङ खेलाडीलाई नगर तीन ्रतीन हजार रुपैयासहित शिल्ड र प्रमाणले सम्मान गरिने जेसिज–२०१७का खेल संयोजक यज्ञबहादुर खड्काले बताए । कार्यक्रम जेसीज दाङका अध्यक्ष दिपक शर्माको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको थियो ।