घोराही, १४  चैत । अर्थमन्त्री कृष्णबहादुर महराले कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने बताउनुभएको छ । सोमवार विहान पत्रकार सँग विशेष कुराकानि गर्दै उहाँले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसको उल्लेख गर्दै कुनै पनि हालतमा निर्वाचन नरोकिने स्पष्ट पार्नुभयो ।

Krishna-bahadur-maharaमहराले निर्वाचन गराउने विषयमा राष्ट्रि तथा अन्तरराष्टिय जगतमा सबै सहमत भएको बताउनुभएको हो । भारतले निर्वाचन चाहेएको छैन भन्ने टिका टिप्पणि चलिरहेको बेलाले नेकपा माओवादी केन्द्रका नेता समेत रहनुभएका महराले भारत असल छिमिकी मुलुक भएकाले उसले पनि निर्वाचनलाई सहयोग गर्ने हाम्रो विश्वास छ ।

अहिले प्रमुख प्रतिपक्षि दल एमाले र मधेशी मोर्चा पनि निर्वाचनमा जाने मनस्थितिमा भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री चिन भ्रमण जानुभन्दा पहिले एमाले र मधेशी मोर्चासँग भएको छलफल सहमति उन्मुख भएको उल्लेख गर्दै महराले देश निर्वाचनमा होमि सकेको धारणा व्यक्त गर्नुभयो ।