raju-khanalत्रिपुर १९ कात्तिक ।  सांसद राजु खनालले त्रिपुर नगरपालिका क्षेत्रका विभिन्न स्थानमा कार्यकर्ता भेटघाट तथा विकास निर्माणको अन्ुगमन गरेका छन् ।

खनालले त्रिपुर नगरपालिका ६ रमना, बटोल्पुर, पेदा, बसपार्क, त्रिपुर १० पोखरा, तेघरा र त्रिपुर १२ अस्पराका स्थानीयसँग भेटघाट गरेका थिए ।

भेटका क्रममा स्थानीयबासीहरुले विकास निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतको माग गरेका थिए । सांसद खनालले विकास निर्माणका लागी आफू सधै प्रतिवद्ध रहेको बताएका थिए । उनले कार्यकर्ताहरुलाई संगठन सुद्धढिकरणमा लाग्न अनुरोध पनि गरेका थिए ।

त्यस अवसरमा नेपाली कांग्रेस दाङ क्षेत्र नं ३ का सभापति भुप बहादुर डागी, सचिव कमल गौतम , नेपाली कांग्रेस त्रिपुर नगरका सभापति दिपक पाण्डे, तरुण दलका जिल्ला सदस्य विरबहादुर खत्री(विरु) लगायतको सहभागीता रहेको थियो ।