काठमडौ २८ भदौ । परीक्षार्थीहरु परीक्षामा बढि अनुतिर्ण हुनुको कारण प्रश्न पत्र राम्रो सँग नपढि र नबुझि उत्तर लेख्न खोज्नुले भएको पुर्ब त्रिबि प्राध्यापक ईन्द्रलाल शर्माले जानकारी दिनुभयो ।
बिद्यार्थी फेल हुने कारण र समाधानको अभियानमा सक्रिय शर्माले विश्वविद्यालयको पाठयक्रमहरु अंग्रेजी भाषामा तयार गरिएकोले बिद्यार्थीहरुले नबुझेर उत्तर दिने गरेको बताउनुभयो ।
त्यस्तै स्नातक र स्नातकोत्तर विषयहरुको परीक्षामा प्रश्न पत्रहरु अंग्रेजी भाषामासोध्र्ने तथा प्राध्यापकहरुले नेपालीमा अध्यापन गराउदा बिद्यार्थीहरु नेपालीमै निर्भर हुने गरेको भन्दै उहाँले जुन कारणले बिद्यार्थीले परिक्षामा नबुझने र फेल हुने गरेको बताउनुभयो ।
यस्तो समस्या सामाधान गर्न विश्वविद्यालयहरुले पठन पाठनको माध्यम अग्रेजी अनिवार्य गनु्र्ने , पठन पाठनको माध्यम अंग्रेजी अनिवार्य गर्न सकिदैन भने पाठयक्रम लगायत प्रश्न पत्रहरु अंग्रेजी र नेपाली दुवै भाषामा हुनुपर्ने , विद्यार्थीहरुले पाठयक्रममा उल्लेख भएको विषयवस्तु लाई नेपाली र अंग्रजी दुवै भाषामा राम्रो सँग पढने लगायतका कार्यगर्नु पर्ने उहाँले बताउनुभयो ।











