दाङ, १९ भदौ ।
नेपाल रेडक्रस सोसाईटीले आज आफ्नो ५३ औ स्थापना दिवस मनाएको छ । दिवसका अवसरमा रेडक्रस केन्द्रिय कार्यालय, जिल्ला शाखा, उपशाखा, जुनियर र युवा सर्कलहरुले दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेका छन । सन १९६३ मा सहायता सस्थाका रुपमा स्थापना भएको रेडक्रस नेपालमा सबैभन्दा ठूलो मानवीय संगठनका रुपमा विकसित भएको छ ।Redcross

दिवसका अवसरमा दाङको तुलसीपुरमा पनि जिल्ला शाखा दाङले एक औपचारी कार्यक्रम सम्पन्न गरेको छ । तुल्सीपुरमा तत्काल रेडक्रसले आफ्नै भबनमा आकस्मिक ब्लड बैंक स्थापना गर्नको लागी पहल थाल्ने निर्णय गरेको समेत गरिएको छ । रेडक्रस सबै ठाँउमा, सबैका लागि भन्ने नाराका साथ माबि तुलसीपुर सेन्टरमा कार्यक्रमको आयोजना गरिएको हो ।