कुसुम बि क
बर्दिया भदौ
हरेक सालको भदौ महिना पर्ने हरितालिका तिज यस बर्षको भदौ महिनाको आजैका दिन परेको छ । तिज आफैमा खुशि उमंग बोकेको पर्व हो ।विशेष गरी भन्ने हो भने यसलाइ महिला दिदिबहिनीहरुको महान चाड हरितालिका तिज भनेर पनि भनिन्छ ।आजको यस महान पर्वको अवसरमा सम्पूर्ण दिदिबहिनी लगाएत दाजुभाइहरुमा शुभकामना २०७३ सालको हरितालिका तिजको…..प्रसङग हरितालिका तिजको…
शिव र पार्वतीको कथाबस्तुमा समेटिएको यो पर्व आफैमा मखमलि फुल धानका बाला र चारैतिर हरियालीले अझै धेरै सुन्दर बनाइदिएको छ । तिज आफैमा टाढा टाढा भएका दिदि बहिनी हरुको पिरमर्का दुख सुख पोख्ने एउटा माध्यम बनेको छ । यसमा दिदिबहिनी हरुको निराहार ब्रर्तले त अझ सुख शान्ति समृद्वि हुने जन बिश्वास रहि आएको छ ।यस विशेष दिनका दिन अघिल्लो दिनको राती दर खाएर भोली पल्ट तिजका दिन निराहार बर्त बस्नाले श्रीमानको आयु बढ्ने जस्ता जनबिश्वास हाम्रो समाजमा रहिआएको धार्मिक परम्परा रहि आएको छ ।
तीजमा शिवको पुजा आराधना गर्न बसेका चेलहिरु रातो सारी चुरा पोते गर गहना लगाएर नाचगान गर्ने गर्छन् । नेपाली समाज हाम्रा संस्कृति हाम्रा चालचलन देख्दा लाग्छ ।
हामी नेपाली हाम्रो परम्परा संस्कृति जोगाइ राखेका छौ । तर यस पर्व सुरु नहुदै एक महिना देखि एउटा भड्किलो तिज मनाउने अहिले चलन देख्दा लाग्छ । अव आउने नया पिडीलाइ हामीले कस्तो शिक्षा दिइरहेका छौ ।साच्चै यहि तिज हो हाम्रा बुढापाकाले मनाउने उतिबेला कसरी मनाउने थिए अहिले कसरी मनाउदै छौ बिचार पुराउने पर्नेमा कत्तिको ध्यान गयो होला प्रश्न चिन्ह यहानिर खडा हुन्छ ।
उहिले उहिलेका बुढापाखाले भनेको सुनिन्छ । तीजमा पहिले हामी पिरमर्का दुख सुखका गित गाउने काम गर्थैयौ , आजकलका त जुन गीतमा नि आफन्त घरपरिवार संग बसेर संगै तिज गित टिभीमा हेर्न नि लाज लाग्छ । तिज आउन केहि महिना देखि नै यो दरखाने चलन उत्ताउला तिजका गित सुन्दा लाज लागेर आउछ । यसले तिजको कुनै मौलिकता नराख्ने भयो भनेर भन्नुहुन्छ गुलरिया नगरपालि ७ कृष्णसार टोल निवासी सिता लामिछाने ….
तिजलाइ पछिल्लो समय भडकिलो बनाइदै लगिएको छ । अहिलेको आबश्यकता हो वा यसलाइ जवरजस्ती भडकिलो बनाउन खोजिएको हो थाह छैन । तिज आउन एक महिना पहिले नै रमझमले वास्तविक कला मौलिक सस्कृति माथि प्रहार भैरहेको देखिन्छ यसले अतिक्रमण गर्दे जादा भोलीको तिज कस्तो हुने हो थाह छैन । होटल हरुमा लाखौ रुपैया खर्च गरेर तिज मनाउने परिपाटिलाइ अन्त्य गर्दे गरिब दिनदुखिका लागी एक छाक मिठो खाना खुवाइदिने व्यवस्था गरेपनि मानिसहरुमा मानवता झल्किन्थो होला तर यस्तो छैन ।
पालो पालो दर खुवाउने परिपाटिले तिजलाइ कति भडकिलो बनाउने हो अनि कहा लगेर छोडने हो भविश्यलाइ नै छोडिदिउ । केहि दशक अगाडि तिजमा विवाह गरेर गएका चेलिबेटिलाइ माइत वोलायर एक दिन मिठो मसिनो खुवाइने गरिन्थो व्रत बसेको दिनमा चेलिबेटिले आ आफना मनका बेदना गित मार्फत व्यक्त गर्ने गर्दथे , आफनो क्षमताले भ्याय सम्मका गरगहना किन्ने गर्दथे तर आजभोली देखाउनका लागी आवश्यक भन्दा वढि गरगहना खरिद गर्ने तिजका गाइने गितलाइ पनि डिस्कोमा परिणत गरेर तिजलाइ नै जोखिममा पार्ने अधिकार कसैलाइ पनि छैन । त्यसैले आउनुहोस तिजलाइ कला मौलिक सस्कृतिको रुपमा सरक्षण गरौं तिजको सुभकामना