५ भदौ, काठमाडौं ।
काठमाडौं महानगरपालिका ३ नम्बर वडा कार्यालयका सब–इन्जिनियर दिनेश श्रेष्ठ घुस लिँदा लिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घर निर्माण सम्पन्न प्रमाणपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिँदै गर्दा उनी पक्राउ परेका हुन् ।
उनले घुस रकम माग गरिरहेको उजुरीको आधारमा आयोगबाट खटिएको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठलाई महाराजगंजस्थित नियालो रेष्टुरेन्टबाट घुस रकमसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।।











