दाङ ३ पुस । जिल्ला पर्यटन प्रवद्र्धन समिति दाङले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आज तुलसीपुरमा पत्रकारसँग छलफल गरेको छ ।
भ्रमण वर्षको उद्घाटन पुस १६ गते घोराही उपमहानगरपालिका १३ को बराह क्षेत्र मन्दिरबाट गरिने छ । यसैविच जिल्ला पर्यटन प्रवद्र्धन समितिको सचिवालय कार्यालय स्थापना गरिएको छ । जिल्ला समन्वयको कार्यालयमा नै सचिवालय स्थापना गरिएको हो । प्रदेश न ५ का सासद अमरबहादुर डाँगीले विहीवार सचिवालयको स्थापना गरेका हुन ।