चेतन रेग्मी
तुलसीपुर, २९ मंसिर । राप्ती ववइ क्षेत्र पर्यटनको नयाँ गन्तव्यको सम्भावित क्षेत्र भएको सरोकारवालाहरुले बताएका छन् । नेपाल पर्यटन पत्रकार संघको आयोजना तथा रिपाटर्स क्लव दाङको सहकार्यमा आज तुलसीपुरमा आयोजना गरिएको राप्ती ववइ टुरिजम सर्किट सम्भावना विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्ने सरोकारवालाहरुले राप्ती बबइ सर्किटको अत्यन्त सम्भावन भएको बताएका हुन् ।
कार्यक्रममा पर्यटन विज्ञ मोहन लम्सालले दांग पर्यटनको केन्द्र बन्न सक्ने भएकोले यहाँ पूर्वाधार र पर्यटन शिक्षामा ध्यान आवस्यक भएको बताए ।
कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले उद्योग वाणिज्य संघले पहिलेदेखि नै यस क्षेत्रको पर्यटन विकास एवं प्रवद्र्धनका लागि प्रयास गर्दै आएको बताए । राप्ती ववई क्षेत्र पर्यटन विकासका लागि अत्यन्त सम्भावित क्षेत्र भएको र त्यसका लागि नीजि क्षेत्रबाट आफूले गर्नुपर्ने सबै खोले भूमिका निर्वाह गर्न तयार रहेको उनले बताए ।
पर्यटन पत्रकार संघका अध्यक्ष धनिराम शर्मा अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस दांगको कोषध्यक्ष कुशल तर्तालले पनि बोलेका थिए भने कार्यक्रमको सहजीकरण रिपोटर्स क्लवका अध्यक्ष शरद रेग्मीले गरेका थिए ।