घोराही, १४ मंसिर । नेपाल पर्यटन पत्रकार संघ केन्द्रीय कार्यसमितिले तेश्रो स्थापना दिवस भव्यरुपले मनाउने भएको छ । संघको केन्द्रीय कार्यालय घोराहीमा आज मंगलबार बसेको पूर्ण बैठकले आगामी डिसेम्बर ३१ अर्थात पौष १६ गते तेश्रो स्थापना दिवस मनाउने निर्णय गरेको संघका महासचिव केशरमान विसीले जानकारी दिएका छन् ।
त्यसैगरी संघले स्थापना दिवसको अवसरमा ‘द टुरिज्म टार्गेट’ वार्षिक मुखपत्र प्रकाशन गर्ने भएको छ । संघका अध्यक्ष धनिराम शर्मा(ऋतुविचार) को संरक्षक र उपाध्यक्ष सन्तोष दहित उपसंरक्षक रहने बुलेटिन प्रकाशन÷प्रशारण विभाग प्रमुख तथा महासचिव केशरमान विसीको संयोजनमा सम्पादन गरिने कार्यक्रम रहेको प्रकाशन मण्डलमा सचिव लिलाधर वली र कार्यसमिति सदस्य गिरीराज नेपाली रहेका छन् ।
स्थापना दिवसको अवसरमा प्रकाशित बुलेटिनमा स्तम्भ तथा फिचर लेखन गर्ने पत्रकारहरुलाई पुरस्कृत गर्ने समेत कार्यक्रम रहेको छ । संघको सचिवालयले दिएको जानकारी अनुसार संघका जिल्ला शाखाहरुमा पनि स्थापना दिवस भव्यरुपले मनाउन निर्देशनात्मक कार्यक्रम पठाइएको छ । संघका हालसम्म ४ जिल्ला शाखा र केन्द्रीय कार्यसमिति रहेको छ ।
त्यसैगरी संघले केन्द्रीय सल्लाहकार परिषद सदस्यहरुसंग स्थापना दिवस मनाउने सन्दर्भमा वृहत छलफल गर्ने भएको छ । छलफलका लागि सल्लाहकार परिषद सदस्यहरुलाई छिट्टै आमन्त्रण गरिने कार्यक्रम रहेको संघका अध्यक्ष धनिराम शर्मा(ऋतुविचार) ले बताए ।
नेपाल पर्यटन पत्रकार संघ सन २०१४ मा स्थापना भएको विशुुद्ध पर्यटन विधामा पत्रकारिता गर्ने पत्रकारहरुको साझा संगठन हो, संघले विभिन्न जिल्लाहरुमा तालिम प्रशिक्षण तथा पर्यटन प्रवद्र्धन गर्न सरोकारवाला निकायसंग सहकार्य गर्दै आएको छ ।