काठमाडौँ । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने भएको छ । आज सम्पन्न एमालेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको हो ।

सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा निजी निवास गुण्डुमा बसेको बैठकले सो निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

यसअघि अध्यक्ष ओलीकै कारण भण्डारीलाई सदस्यता नदिने भन्दै नेताहरु विभाजन हुने गरेका थिए । भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गरेपनि पार्टी सदस्यता नविरकण नहुँदा अन्यौलमा परेकी थिइन् । बैठकमा महासचिव शङ्कर पोखरेलले विभिन्न दस वटा एजेन्डा प्रस्तुत गरेका थिए ।