प्युठान । प्युठानमा भ्यान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । माण्डवी गाउँपालिका–१ स्थित डामृखोलामा एक मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरूमा भ्यान चालक प्युठान नगरपालिका–४ बस्ने अन्दाजी २४ वर्षीय दिलीप परियार र मल्लरानी गाउँपालिका–५ धुदी बस्ने अन्दाजी २६ वर्षीय अभिषेक कुँवर रहेका छन् । देवीस्थान–दाङ सडक खण्डमा गुडिरहेको लु प्र ०२–००१ ज ०१०४ नम्बरको भ्यान अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खस्दा हो ।

दुर्घटनामा गम्भीर चोट लागेका दुवै जनाको घटनास्थलमै ज्यान जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिएका छन् ।