इन्द्रेणी संवाददाता

दाङ । आजदेखि दाङको प्रशिद्ध धार्मिक पर्यटकीय स्थल पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा शिवपुराण तथा श्रृङ्गारिक महाआरती हुने भएको छ ।

साउन १ गतेदेखि एक महिना चल्ने शिवपुराण तथा श्रृङ्गारिक महाआरतीको तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । शिवपुराण तथा श्रृङ्गारिक महाआरतीको उद्घाटन आज दिउँसो ३ बजे दाङका प्रमुख जिल्ला अधिकारीले गर्ने मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिएका छन् ।

शिवपुराण तथा श्रृङ्गारिक महाआरतीमा बिहान ४ बजेदेखि ७ बजे सम्म नित्य पुँजा, बिहान ७ बजेदेखि १० बजे सम्म बिशेष पुँजा,११ बजेदेखि ४ बजे सम्म प्रवचन, लोकभजन प्रतियोगिता, बेलुकी ७ बजेदेखि ८ बजेसम्म नित्य आरति, ८ बजेदेखि ९ बजेसम्म श्रृङ्गारिक आरति र राति ९ बजेदेखि साडे १० बजेसम्म प्रवचन हुनेछ ।