काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तमु ल्होसारको अवसरमा शुभकामना दिएका छन्। काठमाडौंस्थित टुँडिखेलमा मनाइएको ल्होसारको अवसरमा पुगेर प्रधानमन्त्री प्रचण्डले आफ्नो इमान्दारिताका कारण, आफ्नो लगन र निष्ठाका कारण, आफ्नो विरता बलिदानको कीर्तिमानका कारण तमु समुदायको गर्विलो  इतिहास र पहिचान भएको बताए।

पाँच मिनेट लामो भाषण गरेका प्रधानमन्त्री प्रचण्डले अन्त्यमा दुई वटा कुरा भन्न छुटाएको भन्दै पुनः भाषण गरेका छन्। उनले मुख्यतया दुई वटा कुरा भनेका छन्। प्रधानमन्त्री प्रचण्डले सुरक्षा र आर्थिक सहयोगको विषयमा बोलेका हुन्।

पहिलो– काठमाडौंको टुँडिखेलमा आयोजित समारोहको सुरक्षाको निम्ति नेपाल प्रहरीलाई विशेष ध्यान दिन निर्देशित गर्न चाहान्छु।

दोस्रो– तमु ल्होसारका निम्ति विगतको सरकारले सहयोग गर्दै आएको कुरा मलाई थाहा छ। म पनि दोस्रो पटक प्रधानमन्त्री हुँदा बोलेको थिएँ। तर, छोडेपछि आर्थिक सहयोग भएन भनेर सुनाउनुभयो। अर्को पटक यो भन्दा बढी रकम दिइनेछ र अहिले दिइनेछ।