अभिशेक बोहरा/रुकुमपूर्व : रुकुम पूर्वमा भिरबाट लडेर एकजना पुरुषको मृत्यु भएको छ l पूर्वी रुकुमको सिस्ने गाउँपालिका १ को ठूलो सिस्नेमा दाउरा काट्न गएका २९ वर्षीय नविन बुढाको मृत्यु भएको स्थानीयले बताएका छन् l
आज बिहान माथिल्लो सिस्ने दाउरा काट्न गएका बुढाको भिरबाट लडेर ज्यान गएको सिस्ने गाउँपालिका १ लामपाखाकी स्थानीय दिलकुमारी बूढाले बताएकी छन l
उनी शारीरिक अपाङ्गता पनि रहेका थिए l साथै बुढा आधारभूत विद्यालय घुम्ती शिक्षा टोलमा शिक्षक पनि रहेका थिए l











