सल्यान, २१ चैत । सल्यानमा जिप दुर्घटना हुँदा नौ घाइते भएका छन्। आज सोमबार दाङबाट सल्यानको धार्मिक पर्यटकिय क्षेत्र खैरावाङ मन्दिर जाँदै गरेको लु १ ज १३१३ नं. को जिप शारदा नगरपालिका वडा न १ छापडाँडाको उकालोमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

feature0दुर्घटनामा घाइते हुने सबैको श्रीनगरस्थित मोडेल हस्पिटलमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।