तुलसीपुर १२ मंसीर ।  पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङले विजौरी ९ स्यालापानीमा सञ्चालनमा ल्याएको गिद्ध रेष्टुरेण्टको भारतिय राजदुतावासका ज्ञानविर सिंग र जिल्ला विकास समिति दाङका ईन्जिनियर सुर्य रावतले अवलोकन गर्नु भएको छ ।
15230777_1720600594924166_4143810786010105737_n
अवलोकनका क्रममा भारतिय राजदुतावासका ज्ञानविर सिंगले विजौरी स्यालापानी वाटोको अवस्था नाजुक भएको भन्दै मर्मतका लागी पहल गरीदिन जिल्ला विकास समितीका ईन्जिनियर रावतलाई अनुरोध गर्नु भएको छ । समुदायको सकृयतामा सञ्चालन गरीएको गिद्ध रेष्टुरेण्टलाई व्यवस्थित गरेर प्रचारप्रसारलाई वढाय पर्यटकहरु अवलोकनका लागी आउने भन्दै स्थानीय समुदाय र रेष्टुरेण्ट सञ्चालक संस्थालई व्यवस्थापनमा ख्याल गर्न अनुरोध गर्नु भएको छ ।।