Indrenionline.com

दाङमा तीन जना सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते

Motorcycle and truck accident

दाङ । दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ बाघ ढड्डीमा सोमबार बिहान पुर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ९२४८ नम्बरको ट्रकले र विपरीत दिशातर्फ जाँदै गरेको प्र ३–०२०१० प ६९२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट दुर्घटनामा परी मोटरसाइकल चालक राप्ती गाउँपालिका – ६ भगवानपुरका ३१ वर्षीय प्रविन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार राप्ती –३ मसुरियाकी १६ वर्षीया निशु चौधरी र सोही ठाउँकै अन्दाजी १९ बर्षीया करिना चौधरी घाइते छन्।

घाइते दुवै जनालाई भालुवाङबाट थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा पठाइएको छ। घाइते दुबै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटना पछि ट्रक चालक नवलपरासी पश्चिमको रामग्राम नगरपालिका– ११ का ३४ श वर्षीय राजेन्द्र चौधरी इप्रका भालुवाङको नियन्त्रणमा छन्।